२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

हर्क साम्पाङ र हेमकर्ण पौडेल बीच धरानको खानेपानी व्यवस्थापन र इटहरीको बाढी नियन्त्रणका लागि सहकार्य

जेठ २६, इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल बीच दुई उपमहानगरपालिकाको प्रमुख समस्याका रुपमा

रहेको खानेपानी र बाढी नियन्त्रणका बिषयमा सहकार्य गरि अगाडि बढ्ने सहमति भएको छ ।.मंगलबारदेखि विराटनगरमा भईरहेको प्रदेश स्तरीय स्थानीय तहका जनप्रतिनिधिहरुको भेला कार्यक्रमको दोस्रो दिन बुधबार धरानका मेयर साम्पाङ र

इटहरीका मेयर पौडेल बीच भेटघाट गरि प्रमुख मुद्धालाई दुई उपमहानगरको साँझा मुद्धा बनाई अगाडि बढ्ने मौखिक सहमति भएको हो । उनीहरुको भेटमा धरानको प्रमुख समस्याको रुपमा रहेको सबै वडाका जनतालाई सरल तरिकाले स्वच्छ खानेपानी घर घरमा पुर्याउने योजना र इटहरी उपमहानगरपालिकालाई

बर्षेनी ढुवानबाट कसरी मुक्त गर्ने भन्ने मुद्धामा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बुझिएको छ । धरानको खानेपानी समस्याको हलका लागि इटहरी उपमहानगरले सहकार्य गर्ने र इटहरीको बाढी नियन्त्रणका लागि धरानले सक्दो सहयोग गर्ने मौखिक कुराकानी भएको बताइएको छ ।

अबको केही सातामै दुई मेयर बीच भएको मौखिक सहमतिलाई प्रकृयागत रुपमा कार्यालयकै तर्फबाट सहकार्यका लागि लिखितमै जाने कुराकानी पनि भएको छ ।

दुई उपमहानगरपालिकाका प्रमुख समस्याका रुपमा रहेको खानेपानी व्यवस्थापन र बाढी नियन्त्रण बाहेकका अन्य बिषयमा पनि दुई उपमहानगरपालिका बीच भगिनी सम्बन्ध कायम राखि निरन्तर सहकार्य गर्दै अगाडि बढ्ने सहमति पनि भएको छ ।प्रदेश पोर्ट्ल बाट

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।