२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

बधाई ! पहिलो महिला एआईजी बनिन पुजा सिंह

काठमाडौं : नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी)हरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसैबीच नेपाल प्रहरीमा पहिलोपटक जनपद समूहतर्फको एआईजीमा महिला नियुक्त भएकी छन् । सिंह नेपाल प्रहरीको इतिहासमा जनपदतर्फ पहिलो एआईजी भएकी हुन् ।

थप समाचार, नेकपा (एमाले)का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत् चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब

घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन् । संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

उनले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ । के नेपाल सरकारले जति बेला ठेक्का लगाइयो त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार नै कालोसूचीमा, विश्वबैंकले कालोसूचीमा राखेको कम्पनी छ ।

त्यो बेला र अहिलेको त्यो रकम हेरौँ झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त त्यसमा घोटाला हुने जस्तो देखिन्छ ।
उनले थपे, ‘अहिले करिब ४ हजार गाडीहरुलाई त्यो प्लेट दिइएकोमा १५ सयको त एक वर्षमै त्यो प्लेट काम नलाग्ने भयो भनेर समाचार सञ्चामाध्यममा पढ्नमा आएको छ त्यो ।

तथ्य अगाडि त्यसरी देखिन्छ । हाम्रो देशभरी जुन नम्बर प्लेट राखिन्थ्यो त्यसमा हाम्रो संविधानको धारा ७ बमोजिम देवनागरी लिपीमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्या त्यो त सरकारले निर्णय गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने होइन र ?’

उनले फेरि भने, ‘यो लोकतन्त्रमा आफू अनियमित काम गर्ने, देशको अर्थतन्त्रलाई अपm्ठ्यारोमा पार्ने, त्यो गाडीमा नम्बर प्लेट लेख्दा नेपालीले कति रोजगारी पाउँथे हिसावकिताव ग¥या छ नेपाल सरकारले ? देशव्यापी रुपमा त्यसबाट जनता कति लाभान्वित हुन्थे ? उनले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि बताए ।

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार