२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

लक्ष्मणलाल कर्ण भन्छन् – “७७ जिल्लामै मन्त्री बनाऔं, सांसद हटाऔं”

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।

विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए ।

म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍यो । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्‍यो । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास हुन्छ, उनले संसद् बैठकमा भने, ७७ जिल्लामा ७७ मन्त्री बनाइदिऔँ ।

संविधान संशोधन गरौँ । सांसदलाई हटाइदिऔँ । त्यसो भएपछि त मन्त्री हुँदा बजेट त जानेभयो, कर्णले आक्रो-शित हुँदै भने ।

उनले सांसदहरूलाई सरकारले कालीदास बनाउने प्रयास गरेको पनि आरोप लगाए । बजेट बनाउनु पहिले सांसदहरूसँग छलफल नगर्ने अनि एकै बजेट प्रस्तुत भएपछि छलफल गर्नुपर्ने स्थितिप्रति सङ्केत गर्दै त्यसो भनेका हुन् ।

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।