२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

मलेसिया जाने श्रमिक सग रकम असुल्ने चार बर्ष पछी पक्राउ !

जेठ २५, काठमाडौ : मलेसिया रोजगारीमा जाने श्रमिकहरूसँग स्वास्थ्य परीक्षणका नाममा अनधिकृत शुल्क उठाएको आरोपमा सुनापति मेडिकल सेन्टरका सञ्चालक

जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ।
निज केसीविरुद्ध बायोमेट्रिकका नाममा श्रमिकहरूसँग कानुनविपरित शुल्क उठाएको भन्दै जिल्ला अदालत ललितपुरमा २०७५ जेठ २४ गते मुद्धा परेको थियो।

उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सोही मुद्धा परेको थियो। सोमबार काठमाडौं जिल्ला अदालतबाट १५ लाख धरौटीमा रिहा भएलगत्तै उनलाई ललितपुर प्रहरी परिसरले पक्राउ गरेको परिसरका एसपी सिद्धिविक्रम साहले जानकारी दिए।

२०७५ सालमा तत्कालीन श्रम, रोजगार तथा सामािजक सुरक्षा मन्त्री गोकर्ण विष्टले व्यवसायीहरूले मलेसिया जाने कामदारमाथि सिण्डिकेट लादेर अतिरिक्त रकम असुलेको भन्दै कारबाही अभियान चलाएका थिए।

उनले मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको भन्दै भिएलएन, माइग्राम, आइएससी, ओएसी (वनस्टेप सेन्टर र बायोमेट्रिक खारेजीका लागि पराराष्ट्रमार्फत कूटनीतिक पहल गर्ने निर्णय सुनाएका थिए। त्यतिबेला ४४ व्यवसायीहरूलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका कतिपय व्यवसायीले सफाइ पाइसकेका छन्। कतिपयको मुद्दा अदालतमा विचाराधीन छ। कतिपय भने अझै फरारको सूचीमा छन्।

नेपाल स्वास्थ्य व्यवसायी महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष समेत रहेका केसी पनि फरार सूचीमा थिए। उनी विरुद्धको मुद्धा जिल्ला अदालत ललितपुरमा लामो समयदेखि मुलतविमा थियो।

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।