२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

रामकुमारी झाँक्री भन्छिन – मन्त्री फिर्ता बोलाउने कुरा मलाई थाहा छैन ।

काठमाडौ : समाजवादी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय आफूलाई जानकारी नभएको बताएकी छन्।

उनले आफुलाई फिर्ता बोलाउने निर्णयबारे कुनै जानकारी नभएको बताइन्। मन्त्री झाँक्रीले भनिन्, ‘फिर्ता बोलाउने कुरा मलाई थाहा छैन। शीर्ष नेताहरुको निर्णय उहाँहरुलाई नै सोध्नुस्।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट संघीय सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भएको छ। शनिबारदेखि चलिरहेको बैठकमा आज यो विषयले प्रवेश पाएको हो।

पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। उनका अनुसार आजको बैठक यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुने खनालको भनाइ थियो।

उता संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताएका छन् ।

मन्त्री आलेले भने, अहिलेसम्म पार्टी निर्णयबारे जानकारी छैन । तर, पार्टीले फिर्ता बोलायो भने म पार्टीको निर्णय मान्छु । पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैप-र्यो ।ओटिभी नेपाल

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित 1 Minute 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।