
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरका मेयर बालेन साहले भेटवार्ता गरेका छन् ।
नवनिर्वाचित साहले पछिल्लो समय राजनीतिक दलका उच्च नेता तथा प्रमुख कार्यकारीहरुसँग भेटवार्ता गरिरहेका छन् । जसक्रममा प्रमुख साहले शनिबार बिहान खुमलटार पुगेर
प्रचण्डसँग भेट गरेका हुन् । प्रचण्डसँगको भेटमा उनले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सहयोग गर्न आग्रहसमेत गरेका थिए । सो क्रममा प्रचण्डले साहलाई राम्रो कामको लागि सँधै साथ रहने आश्वासन दिएको बताइएको छ ।
साहलाई प्रचण्डले तपाईँको जित नै क्रान्ति भएको बताएका थिए । प्रचण्डले पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गा-ली गर्ने
सिस्टममा रहेको तर सहाले भने पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहेको भन्दै प्रशंसा गरे । यसअघि प्रमुख साहले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।