२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

बालेन शाह भन्नुहुन्छ – साइकल लेन हचुवामा बनाउनु हुन्न ।

जेठ २२, काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् । ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिँड्छ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ

मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ, फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ ।

सुरक्षा पहिलो मुद्दा हुनुपर्छ । उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ ।

थप समाचार, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आयातमुखी अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । उद्योग सङ्गठन मोरङको ४९ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै

उहाँले खाद्यान्नलगायत अन्य सामान आयातमा रहेको परनिर्भरता हटाउन र व्यापार सन्तुलन कायम गर्न निजी क्षेत्रले कृषिलगायत औद्योगिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बडूले वर्तमान सरकार निजी क्षेत्रको सहयोगका लागि लागि आर्थिक एवं मौद्रिक नीतिमा सुधार गर्न तयार रहेको बताउँदै उद्यामीको सङ्घसंस्थाको सुझावअनुसार सरकारले यस वर्षको बजेटमा भूमि, ऊर्जा, निर्यात उद्योगमा सहुलियतको व्यवस्था गरेको जानकारी गराए ।

उनले सरकार मुलुकमा उद्योग, उद्यमी र उत्पादनलाई वृद्धि गर्ने लक्ष्यलाई साथ दिन तयार रहेको छ भन्दै उत्पादन वृद्धि, रोजगारी, निकासीयोग्य गुणस्तरीय वस्तु उत्पादनमा निजी क्षेत्रलाई सरकारले सहयोग गर्ने धारणा राखे ।

मन्त्री बडूले मोरङको कटहरीमा जग्गा मुआब्जा समाधान गरी मालवाहक रेल्वे सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यसले नेपालको वार्षिक अर्बौं रकमको बचत हुने बताए । उनले सरकारले सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेको ६५० बिघा

जग्गामा औद्योगिक जोन निर्माण गर्ने बजेटमा उल्लेख भएको चर्चा गर्दै यसबाट यस क्षेत्रका निर्यातमूलक उद्योग स्थापना भई रोजगारी वृद्धि हुनुका साथै आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रताप प्रकाश हाङ्गामले ५६२ बिघा क्षेत्रफलमा रहेको विराटनगर जुटमिल सञ्चालन गर्न पहल सुरु गरेको जानकारी दिँदै यसबाट मुलुकले विदेशी मुद्रा आर्जनमा मद्दत पुग्ने धारणा राखे ।

उहाँले यस क्षेत्रमा नागरिकलाई रोजगारी उपलब्ध गराउने निजी क्षेत्रलाई उद्योग स्थापनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र नेपाली कांग्रेस मोरङ

सभापति डिगबहादुर लिम्बूले स्वदेशी उद्योगलाई प्रोत्साहन दिएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने भन्दै औद्योगिक प्रदर्शनीस्थल निर्माण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्गठनका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल, पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा, नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य सङ्घका उद्योग समितिका सभापति भरतराज आचार्य र सङ्गठनका पूर्वअध्यक्ष किशोर प्रधानले सरकार र निजी क्षेत्र संयुक्तरुपमा अगाडि बढेमा मुलुकमा औद्योगिकीकरण र उत्पादन वृद्धि हुने धारणा राखे ।

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित 0 Minutes 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।