२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मेयर बालेन र सिसडोलका स्थानीयबीच चर्काचर्की भएपछि…

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सिसडोलका स्थानीयबीच फोहोर व्यवस्थापनको विषयमा छलफल भएको छ ।

सो क्रममा बालेन र स्थानीयबासीबीच चर्काचर्की समेत भएको थियो । काठमाडौंको फोहोर नउठेपछि आज बिहानै सिसडोल पुगेका बालेनले स्थानीयसँग अन्तक्रिया गर्ने क्रममा चर्का-चर्की भएको हो ।

मेयर बालेनसँग सिसडोलबासीले १७ वर्षसम्म फोहोर व्यवस्थापन हुन नसकेको गुनासो गरेको थिया । सोहीक्रममा बालेनले भने, “म आएको चार दिन भयो प्रधानमन्त्रीसँग यही कुरा लिएर गएको छु ।

मन्त्रीकोमा पनि यही कुरा लिएर गएको छु कि त नजा भन्नू । कामै नगर भन्नू । जवाफमा सिसडोलबासीले काम गर्न अघि नबढ्नु भनेको होइन तर आफ्ना मागलाई बेवास्ता गर्न नहुने बताएका थिए ।

यसैबीच, बालेनले आफू स्वतन्त्र भएको र स्वतन्त्र मान्छेलाई काम गर्न दिनुपर्ने बताए । म स्वतन्त्र व्यक्ति हो मलाई काम गर्न दिनुपर्यो । मैले कसैसँग साठगाँठ गरिराख्नु पर्दैन । मैले महानगरको मेयरको पद पनि लिनु पर्दैनथ्यो ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।