२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मलेसिया जाने श्रमिकको छनौट अगावै स्वास्थ्य परीक्षण गराएमा कारबाही !

जेठ २१, काठमाडौं : वैदेशिक रोजगारका लागि मलेसिया जान चाहने श्रमिकको छनौट अगावै स्वास्थ्य परीक्षण गराएमा सरकारले कारवाही गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति वा मागपत्र प्रमाणीकरण समेत नहुँदै श्रमिकको स्वास्थ्य परीक्षण गराउने गरेको पाइएको जनाएको हो । विभागले एक विज्ञप्ती प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन २०६४ ले अन्तर्वार्ताको प्रकृया समेत सकिएपछि

छानिएका व्यक्तिको मात्र स्वास्थ्य परीक्षण गराउनु पर्नेमा सुरुमै गराउने गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । यस्ता कृयाकलापले श्रमिकहरु ठगिने र भविष्यमा विविध समस्याहरु उत्पन्न हुन सक्ने जोखिम रहेको विभागको भनाई छ ।

तसर्थ छनौट सूचिमा सूचिकृत हुनु अगार्व स्वास्थ्य परीक्षण नगराउन र कसैले गरेमा प्रचलित कानुन अनुसार कडा कारवाही हुने विभागले स्पष्ट पारेको छ ।

वैदेशिक रोजगारमा जानेहरुलाई विदेश पठाउनु अगाडी अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्ने कानुनी व्यवस्था छ । सोही बमोजिम वैदेशिक रोजगार व्यवसायीहरुले भनें छनौट सूचि प्रकाशित हुनु अगावै सम्पूर्ण श्रमिकको स्वास्थ्य परीक्षण गराएर रकम असुल्ने काम गरेका कारण विभागले यस्तो नगर्न चेतावनी दिएको हो ।

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।