२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

विशाल भट्टराई भन्छन् – विदेशमा तेलको मूल्य बढ्दैमा नेपालमा बढाउनु जरुरी छैन ।

काठमाडौं : सरकारले अनाहकमा पेट्रोलियम पदार्थको मूल्य बढाएको एमालेले आरोप लगाएको छ । प्रतिनिधिसभाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको जारी छलफलमा एमालेले

सरकारलाई उक्त आरोप लगाएको हो । एमालेका प्रमुख सचेतकसमेत रहेका एमाले सांसद विशाल भट्टराईले सरकारले पेट्रोलिम पदार्थको मूल्य घटाउने प्रशस्त ठाउँहरु हुँदा हुँदैपनि नघटाएको आरोप लगाए ।

पेट्रोलमा सरकारले ६३.२३ पैसा, डिजेलमा ४५.९१ पैसा, मट्टितेलमा १९.४६ पैसा र खानापकाउनेमा २९७.९७ पैसा कर लिन्छ । हामीले हामीले घटाउन सक्ने अवस्था त छनी उनले भने, छिमेकी मुलुकले मूल्य वृद्धि गर्यो भन्दैमा हामीले

मूल्य बढाइहाल्नु पर्ने स्थिति त होइन नी । हामीले कर समायोजन पनि गर्न सक्छौँ। आफूहरु पनि व्यवहारिक कुरा बुझ्ने भन्दै सांसद भट्टराईले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेको बताए ।

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको आयतमा प्राप्त एकाधिकारलाई तोड्ने आकर्षक नारा बनाएको भन्दै सरकारको आलोचना गरे ।

उनले आयल निगमको कामको जिम्मा नीजि क्षेत्रलाई दिने आधार केहो भन्दै प्रश्न गरे । उनले निर्देशिकाका आधारमा मात्रै आयल निगमको जिम्मा नीजि क्षेत्रलाई दिन नसकिने बताए ।

२०७९ जेष्ठ २०, शुक्रबार प्रकाशित 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।