
काठमाडौ : करिश्मा मानन्धरले उत्साहित हुँदै हिजो राति १०ः३४ बजे फेसबुकमा एउटा पोस्ट शेयर गरिन्, जहाँ उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले फाेन गरेर आफ्नो हालखबर सोधेकोप्रति खुसी व्यक्त गरेकी छन् ।
सँगै उनले फोनमा आएका, डायल गरिएका नम्बरहरू देखिने गरी स्क्रिनसट पनि राखेकी थिइन् । उनले अहिले त्यो फोटो हटाइसकेकी छन् । करिश्माको फेसबुक पेजमा अहिले स्टाटस मात्रै छ । पोस्टमुनि आएका केही कमेन्टकै कारण उनी फोटो हटाउन बाध्य भएकी हुन् ।
नहटाउन् पनि किन, स्टाटस र फाेटाेबीचकाे तालमेल जाे मिल्दैमिल्दैन । उनले ओलीबाट आफूलाई फाेन आएकाे लेखेकी छन्, फाेटाेमा उनलेचाहिँ फाेन गरेकाे देखिन्छ । कमेन्टहरू बर्सिन थालेपछि उनले फोटो त हटाइन् तर हिजोआज डिलिट गरिहालेँ भनेर सुखले बस्न कहाँ पाइन्छ र । स्क्रिनसटको जमाना जो छ ।
त्यही स्क्रिनसट राखेर धेरैले उनलाई सोधेकासाेध्यै छन्, ‘कल त तपाईंले गरेको देखिन्छ ।’ खासमा फोनमा आएको, गएको र छुटेको कल देखाउने तीनथरि एराे हुन्छन् । आएको कल देखाउँदा ‘हरियो चिन्ह भएको तीर (एरो)’ नम्बरविपरीत फर्किएको हुन्छ ।
गएको कल देखाउँदा त्यही तीर नम्बरतिर फर्केको हुन्छ । छुटेको अर्थात् मिस्ड कल देखाउनेचाहिँ रातो चिन्ह हुन्छ । अरूको फोन आउँदा एरो यता फर्किन्छ, केपीले गर्दा उता फर्किने रैछ ? फेसबुकमा बिनोद खड्काले कमेन्ट गरेका छन् । ओलीसँग भएको व्यक्तिगत कुराबारे हतारहतार
फेसबुकमा शेयर गरेकोमा जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठको पनि चित्त बुझेनछ । उनले कमेन्टमा लेखेका छन्, ‘कठै ! तपाईंको स्तर बल्ल थाहा भो ! तपाईंंलाई कसरी त्यति ठूलो नेतृ मानेर हिँडिएछ । अहिले यो कुरा सुनेर चैं म आफैँ तीन छक परेँ ।