
जेठ २०, काठमाण्डाै : नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल,
डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे । मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे एक सय ७० र डिजल/मट्टीतेल लिटरकाे एक सय ५३ रुपैयाँमा झरेको छ ।
निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायाेजन गर्न भनेकाे थियाे ।
थप समाचार, स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवै-ध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् ।
नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत हुने तथ्याङ्क प्रस्तुत गर्दै त्यसमध्ये स्वदेशी उत्पादन र वैध आयातको हिस्सा १ खर्बमात्र रहेको जनाएको छ।
‘नेपालमा खर्बका कपडाको खपत रहेकोमा वैध माध्यमले भन्सार तिरेर भित्रने तथा स्थानीय उत्पादन गरी एक खर्बको मात्र रहेकोले वैधानिक आपूर्ति ५ खर्ब न्यूनीकरण भएको देखिन्छ, ‘संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने,
भारतसँगको खुला सिमानाले गर्दा सीमावर्ती बजारमा नेपाली उपभोक्ताको सहज पहुँचले ठूलो परिमाणमा कपडा आउने गरेको छ भने चो-री पैठारी तथा न्यून बिजकीकरणका कारण पाँच खर्वको कपडा आयातको कुनै हिसाब नै छैन।’
संघका अनुसार मुलुकभित्र सञ्चालित उद्योगबाट उत्पादित र भन्सार नाकाबाट आधिकारिक रूपमा आयात भएको कपडाको हिस्सा १५ प्रतिशत रहेको छ भने बाँकी ८५ प्रतिशत कपडा सीमावर्ती भारतीय बजारबाट अनधिकृत रूपमा भित्रिरहेको छ।
यो खबर आजको कारोबार दैनिकमा छ ।