
काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरको मानसरोवर होटलबाट रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरिएको छ ।
होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रहरीले शुक्रबार प’क्राउ गरेकोहरुमा रास्कोट नगरपालिका–८, कालीकोटका २८ वर्षीय मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका–६, दैलेखका ३३ को विष्णु रावत, नारायण नगरपालिका–१०, दैलेखका २१ वर्षीय पूर्णबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेका छन्।
उनीहरूले आफूहरू छाला पुर्याउनमात्र आएको बताउदै यसको लागि ५० हजार रूपैयाँ लिएको बयान दिएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाइएको छ।