
जेठ १९, काठमाडौं : फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ हेर्न आएका एक दर्शकले आफूलाई ‘ब्याड टच’ गरेसँगै ‘झापड हानेर’ प्रहरीको जिम्मा लगाएकी अभिनेत्री मिरुना मगरलाई उनकी आमाले युकेबाट साथ दिएकी छिन्।
हाल उक्त घ-ट्नामा मिरुनाले प्रहरीलाई जिम्मा लगाएका फुर्पा तामाङ भनिने व्यक्ति छुटिसकेका छन्। तर, पनि सामाजिक सञ्जालमा भने मिरुनाको आलो-चना गर्दै उनीमाथि विभिन्न लाञ्छ-ना लगाउने काम भइरहेको छ।
यसैबीच सामाजिक सञ्जालमार्फत् मिरुनाकी आमा शशि थापा सुब्बाले मिरुनालाई साथ र हौसला दिँदै आँटिलोले प्रतिकार गरेको भनेर प्रशंसा गरेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘महिलाहरू जब–जब हिं-सामा पर्छन्, त्यतिबेला जस्तै विद्वान भए पनि विवेकले काम गर्दैन।
आँटिलोले प्रतिकार गर्छन्, आँट नपुग्नेले पी-डा लुकाएर रुँदै बस्छन्।’ मिरुनाले आफूमाथि भएको हिं’साको प्रति-कार गरेको भिडियोमा आफूले स्वाभिमानमा चो-ट पुगेर रन्थनिएको घाइते बाघीनी देखेको सुब्बाले लेखेकी छिन्।
मिरुनाले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएकोमा पनि उनले समर्थन गरेकी छिन्। उनले लेखेकी छिन्, ‘तिमीले आज थानामा नलगेको भए फूर्पालाई छुटाउनु पर्ने थिएन र मिरूनालाई मिलापत्रको लागि पहल गर्नु पर्ने थिएन।
उनीहरूले अनि झन ठूलो हंगामा गर्ने लाईसेन्स पाउने पक्का थियो।’ मिरुनाले ती व्यक्तिमाथि झा’पड हानेकोमा सामाजिक सञ्जालमा पवित्र बस्त्र लगाएको लामालाई झा’पड हान्न नहुने कुरा उठिरहँदा उनकी आमाले भने मिरुनाले सहि काम गरेको भन्दै समर्थन गरेकी छिन्।
मिरुनाकी आमाले अघि भनेकी छन्, ‘तर, सबैले भूल्यौं कि त्यही पवित्र बस्त्र लगाएका लामाको पापी हातले पनि सोहि सार्वजनिक ठाउँमा मिरूनाको संवेदनशील अंगमा समातेर
निचर्यो भन्ने कुरो त्यो पनि तीन/तीन चो’टी? तर मैले भूलिन छोरी। धन्न म पनि तिमीले झापट हानेकोमा र यसरी आफ्नो करियर डुबाएकोमा विस्मात मानेर थकथ’काउने र कर्ण फूसफूस गर्ने आमा परिन। त्यसैले यो मानेमा तिमी भाग्यमानी हौं छोरी। दैनिक न्युज नेपाल