२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

बालेन साहको अर्को कदम – रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला ।

जेठ १८, काठमाडौँ : काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् ।

काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताएका थिए ।

यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका हुन् । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने महानगरले जनाएको छ ।

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 0 Minutes 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।