२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

वैदेशिक रोजगार बचतपत्र खुला, १२.५% ब्याज पाइने, धितो राखी ऋण पनि लिन सकिने !

जेठ १८, काठमाडौँ : वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ ।

५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्रका लागि आज अर्थात् जेठ १८ गतेदेखि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । रोजगारीका लागि देश बाहिर रहेका वा विदेशमा रोजगारी गरी फर्किएका तथा विदेशमा बसोबास गर्ने गैर

आवासीय नेपालीहरूका लागि राष्ट्र बैंकले बचतपत्र खुला गरेको हो । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने रकम बचतपत्रमा लगानी गर्न सकिन्छ । बचतपत्र किन्ने व्यक्तिले आफ्नो वा परिवारका सदस्यको

नाममा पनि किन्न सक्नेछन् भने दुई वा दुईभन्दा बढी व्यक्तिले बचतपत्र किन्दा दुई नामको बीचमा र अथवा वा राखी पनि किन्न सकिनेछ ।

बचतपत्रमा लगानी गर्नेले १२.०५ प्रतिशत ब्याज पाउँछन् । यो ब्याज रकम अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो । अहिले वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११. ०३ प्रतिशतसम्म ब्याज दिन्छन् भने रेमिट्यान्सबाट प्राप्त रकमको मुद्दतीमा बढीमा १२.०३ प्रतिशतसम्म ब्याज दिन्छन् ।

बचतपत्र बाँडफाँट भएको रकम जम्मा गरेको मितिदेखि नै ब्याज आउन थाल्छ । बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् ।

राष्ट्र बैकका अनुसार बचतपत्रमा लगानीकर्ताले पाउने ब्याज प्रत्येक ६ महिनामा पाउँछन् । बचतपत्र नेपाली रुपैयाँमा जारी हुन्छ । बचतपत्र स्टक र प्रमिसरी नोट दुवै हुन सक्छ । खरिदकर्ताले नै बचतपत्र किन्दा कुन प्रकारको किन्ने हो स्पष्ट खुलाई आवेदन दिन पर्छ ।

नखुलाउनेहरूलाई भने प्रमिसरी नोटको मात्र प्रमाणपत्र दिइने राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगार बचतपत्र धितो राखी नेपालमा रहेको बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि लिन सकिन्छ ।

बचतपत्र किन्ने आवेदन नेपाल राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ भने फारम डाउनलोड गरी आवश्यक विवरण भरी आफूलाई पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 0 Minutes 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।