२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

साउदीबाट स्वदेश फर्किन नपाएका ११८ जनाले पाए एक्जिट भिसा

काठमाण्डौ : साउदीमा रहेकाे नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति(वहिर्मन भिसा) पाएका छन् ।

साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र(इकामा) नबनाइएका वा नवीकरण नगरिएका र कम्पनीले हुरुब लगाएका कारण समस्यामा

परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको दूतावासले जनाएको छ । समस्यामा परेका श्रमिकले दूतावासमा आवेदन दिएपछि स्वदेश फिर्तीको प्रक्रियाका लागि साउदीको विभिन्न निकायमा पहल गरेको थियो ।

रियादस्थित दूतावासले गएको दुई हप्तामा प्रक्रिया गरेको मध्येमा ११८ जनाले एक्जिट भिसा पाएका छन् । दूतावासले एक्जिट भिसा पाएकाहरूको नाम सार्वजनिक गर्दै दूतावासमा आएर आफ्नो भिसाको कपी लैजान अनुरोध गरेको छ ।

दूतावासले अन्यको पनि प्रक्रिया गरेको र एक्जिट भिसा प्राप्त भएकाहरूको विवरण दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक गर्ने जनाएको छ । दमाम, जुवेल, खोबर र हलहासामा

रहेको अध्यागमन कार्यालयले उपलब्ध गराउने एक्जिट भिसाको सूची पनि दूतावासले सार्वजनिक गर्ने जनाएको छ । दूतावासले एक्जिट भिसाको लागि आवेदन दिएकाहरूलाई दूतावासको फेसबुक पेज नियमित हेर्नसमेत अनुरोध गरेको छ ।

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।