२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

बैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशतको कोटा

जेठ १६, काठमाडौ : बजेटले बैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशतको कोटा प्रदान गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामि

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दे बैदेशिक लगानीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा छुट्टयाइने बताएका हुन । यस्तै गैरआवासिय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न सक्ने व्यवस्था गर्न नीतिगत व्यवस्था गर्ने उनले बताए ।

थप समाचार, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारको सुधारका सन्दर्भमा केही नीतिगत विषय समावेश भए पनि बजारले भने सकारात्मक सङ्केत गरेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.३३ अङ्कले ओरालो लागेर दुई हजार १७३.४४ मा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.३३ अङ्कले ओरालो लागेर ४२२.७४ मा ओर्लेको छ ।

कूल २२७ कम्पनीको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर रु एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ ।

बैंकिङ ३१.५१, व्यापार ६२.११, होटल तथा पर्यटन ३८.९८, विकास बैंक ९७.५१, जलविद्युत् ६७.१३, वित्त ३९.१३, निर्जीवन बीमा २४८.९५, उत्पादन १२७.६, अन्य ४६.८५, लघुवित्त ७१.५९, जीवन बीमा ३०६.६९, सामूहिक लगानी कोष ०।३२ र लगानी १.६ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ९६ लाख ३८ हजार ९७५ बराबरको कारोबार भयो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ४१ लाख ५४ हजार २३३, हिमालयन डिस्टिलरी रु चार करोड २३ लाख ३६ हजार ९३९, एनआइसी एसिया बैंक

रु चार करोड दुई लाख आठ हजार ६१८ र नबिल बैंक रु तीन करोड ९४ लाख ७२ हजार ९७८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् । त्यस्तै, बलेफी हाइड्रोपावर ९.९९, उपकार लघुवित्त ८.२३, गणपति लघुवित्त ३.०९, नेपाल एसबिआई बैंकको ऋणपत्र २ र सानिमा लार्ज

क्यापका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक ९.९९, ज्योति विकास बैंक ७.३६, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७।२७, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.०७ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ६.०२ प्रतिशतले गुमाए ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।