२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

जाेमसाेम उड्नु अघि उत्सवका बुबाले भन्नुभएकाे थियाे -‘शुभयात्रा बाबु’

जेठ १६, रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ लापुलेगाउँका उत्सव पोखरेल कोपाइलटको रुपमा रहेर उडाएको तारा एअरको विमान आइतवार

पोखराबाट जोमसोमका लागि ९ बजेर ५५ मिनेटमा उड्यो । साथमा हुनुहुन्थ्याे, सिनियर पाइलट प्रभाकर घिमिरे।
उड्नुअघि जाजरकोटमा नलगाड नगरपालिकाको शिक्षा शाखाका कार्यरत बुबा मणिराम पोखरेलसँगको मोबाइल कुराकानीमा भन्नुभएकाे थियाे

‘बुबा म अर्को उडानको तयारीमा छु, पोखराबाट जोमसोम ।’ बुबाले भन्नुभयो ‘शुभयात्रा बाबु ।’ जाजरकोट सदरमुकामबाट कार्यक्षेत्र नलगाड नगरपालिकाको दल्ली नपुग्दै खबर सुनियो, तारा एअरको विमान सम्पर्कविहीन भएको ।

त्यही विमान आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसेरेमा दु’र्घ-टनाग्र’स्त अवस्थामा फेला परेको छ । पूर्णरुपमा क्षतिग्रस्त विमानमा चालक दलका तीन सदस्य, चार भारतीय, दुई जर्मन र १३ जना नेपाली नागरिकसहित २२ जना रहेका थिए ।

उत्सव २५ वर्षीय हुनुहुन्थ्याे। ३० अप्रिल २०२१ देखि तारा एअरको जहाजमा उडान थालेका उत्सव जन्मस्थान चौरजहारीका एकमात्र र पहिलाे पाइलट हुनुहुन्थ्याे । फिलिपिन्सको रोयल फ्लाइ एकेडेमीबाट ग्राजुएट गरेर एक वर्षअघि मात्रै नेपाल आउनु भएका उत्सव परिवारका कान्छा छोरा हुनुहुन्थ्याे ।

भाइ पाइलट बनेपछि उहाँका दाजु उमेश पोखरेल पनि पाइलट बन्ने सपनामा फिलिपिन्समा पढिरहनु भएकाे छ । उत्सवका दुई दाजुभाइ मात्र हुनुहुन्छ । उत्सवका बुबा मणिराम जाजरकोट र आमा उषा दाङमा शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । उत्सव रुकुमका उदाहरणीय युवामा गनिनुहुन्थ्याे ।

फिलिपिन्सबाट अध्ययन सक्काएर नेपाल आएलगत्तै तारा एअरमा काम गर्न थाल्नुभएका उहाँ काम गरेको एक वर्ष एक महिना पुग्दा दु’र्घ’टनामा पर्नुभयाे ।

उहाँसहित विमानमा रहेका २२ जनाले मुस्ताङको मानापाथी हिमालको फेदीमा ज्यान गुमाएका छन् । यो दुर्घटनाको दु:खद खबरले सिङ्गो देशसँगै उत्सवको गृह जिल्लावासीले ठूलो पीडाको अनुभूति गरिरहेकाे छ।

अहिले घट’नास्थलमा स्थानीय सामाजिक अभियान्ता इन्द्रसिंह शेरचनसहितको टोली पुगेको बताइएको छ । शेरचनले कोही पनि जीवित नरहेको प्रतिक्रिया दिनुभएकाे छ । राजु लामिछानेले उज्यालो अन्लाईन मा समाचार लेखेका छन ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 1 Minute 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।