२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मेयरको कुर्सिमा बसेको दिननै बालेनले दिए यस्तो सप्राइज !

जेठ १६, काठमाडौ : स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन शाहले पद तथा गोपनियताको सपथ ग्रहण गरेर पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेको पहिलो दिननै उनले सप्राइज दिएका छन् । बालेनले निर्वाचनको दौरानमा बोलेका कुराहरु पुरा गर्न थालेका छन् । चुनाव प्रचारकै क्रममा बालेनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने बताएका थिए मेयरको

पदभार ग्रहण गर्ने वित्तिकै उनले सोही कुरा पहिलो निर्णय गरेका छन् । कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनले पहिलो हस्ताक्षर गरेका छन् । दलहरुबाट निर्वाचित भएर आएका जनप्रतिनिधीहरुले तपाईलाई काम गर्न दिएनन् भने के गर्नुहुन्छ ?

स्वतन्त्र जितेर मात्रै त काम गर्न सकिँदैन कार्यपालिकामा बहुमत चाहिन्छ भन्ने प्रश्न गर्दा बालेनले कार्यपालिकाको बैठकनै लाइभ गरिदिने जसको कारणले दलका प्रतिनिधीले राम्रो काम गर्न लाग्दा असहयोग गर्न सक्दैनन् भनेका थिए उनले त्यो कुरा पुरा गरेका छन् ।

पद तथा गोपनियताको सपथ लिँदा बालेनले खादा , माला लगाउँन पनि अस्विकार गरेका छन् । काठमाडौँको फोहोरको व्यवस्थापन नभए सम्म आफुले खादा माला नलगाउँने र उत्सव पनी नमनाउँने घोषणा उनले गरेका छन् । माला लगाइदिन खोज्दा उनले अस्विकार गरेका थिए ।

मेयर शाहलाईराष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराएका थिए।नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् ।त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण लगत्तै पदभार ग्रहणका लागी पुगेका शाहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।

नगर कार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहको निर्णय छ ।
साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् ।

फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’

उनले अघि भने, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’यसका लागि समय कति लाग्ला भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘पत्रकारहरले हाम्रो कुरा बुझ्न कति लाग्ला ?’ ओटिभी नेपाल

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।