२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

काठमाडौ बालेनले जितेपछि ५ वर्षसम्म हरेक महिना १० वृद्धवृद्धालाई लौरो वितरण गर्दै पाल्पाली युवा

जेठ १६, काठमाडौं : काठमाडौंको मेयरमा स्वतन्त्र युवा बालेन्द्र शाह (बालेन)ले जितेपछि पाल्पाका एक युवाले बालेनको कार्यकालभरी प्रत्येक महिना १० जनाका दरले

वृद्धवृद्धालाई लौरो वितरण गर्ने भएका छन् । उनले यो घोषणा मतपरिणाम सार्वजनिक नहुँदै गरेका थिए । पाल्पाको तानसेनका व्यवसायी जीवन पाण्डेले तानसेन नगरपालिका वडा नम्बर ६

का वृद्धवृद्धालाई यसरी लौरो वितरण गर्ने भएका हुन् । उनले एक हप्ताअघि गएको आइतबार नै बालेनले जितेमा वृद्धवृद्धालाई लौरो वितरण गर्ने घोषणा गरेका थिए । बालेनले जितेपछि उनले वितरण गर्नका लागि लौरोहरु ल्याइसकेका छन् ।

पाण्डेले लौरो वितरण कार्य आउँदो असार १ गतेदेखि सुरु गर्नेछन् । त्यसपछि हरेक महिना १० जनाका दरले वृद्धवृद्धाहरुले लौरो पाउनेछन् । पाण्डेले आफ्नो लौरो वितरण अभियान आगामी २०८४ सालसम्म जारी रहने घोषणा गरिसकेका छन् ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।