२०७९ असार १५ बुधबार
  • काठमाडौँ

वैदेशिक रोजगारीमा गएका १,१७१ नेपालीले ज्यान गु’माए !

जेठ १५, काठमाडौँ : ८ महिनामै वैदेशिक रोजगारीका लागि गएका १ हजार १७१ नेपालीले ज्यान गु’माएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि फागुन

मसान्तसम्म वैदेशिक रोजगारीको सिलसिलामा ती नेपालीको मृत्यु भएको हो । श्रम स्वीकृति लिएर गएका १ हजार १३८ पुरुष र ३३ महिलाले विभिन्न दु’र्घ-टना तथा बिरामी भई ज्या’न गु-माएका हुन् ।

मृतकका ती परिवारलाई क्षति-पूर्तिवापत कुल ५७ करोड ९६ लाख राहत प्रदान गरिएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मृ-त्यु हुने कामदारको नजिकका हकदारलाई बोर्डले आर्थिक सहायतास्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गई मृत्यु हुनेको संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा कुल ६६१ जनाले ज्यान गु-माएकोमा २०७७/७८ मा १,२४२ जनाको मृ-त्यु भएको थियो ।

सरकारले वैदेशिक रोजगारीको लागि संस्थागत रुपमा ११० र व्यक्तिगत रुपमा १७८ मुलुकमा खुला गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये प्रमुख रुपमा रहेका मलेसिया,

कतार, साउदी अरब र यूएईमा मात्रै ९० प्रतिशत कार्यरत छन् । तीमध्ये मलेसियामा सबैभन्दा धेरै २७.६ प्रतिशत छन् । कतारमा २६.७, साउदी अरबमा २०.८ र यूएईमा १४ प्रतिशत छन् ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार