२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

भर्खरै उडान भरेको तारा एयरको जहाज सम्पर्क विहीन !

जेठ १५, काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थल स्रोतका अनुसार मुस्ताङको जोमसोम उडेको उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको हो ।

उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको छ । सो विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको जाइएको छ । विमानको सम्पर्कका लागि सम्पूर्ण संयन्त्र परिचालन भइसकेको बताइएको छ ।

थप समाचार, मुस्ताङ : माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडान भएको छ ।लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको लोमान्थाङका चोक र सडक छेउमा सडक बत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको हो ।

अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा लोमान्थाङ गाउँपालिका र जिग्मे फाउण्डेशनको समन्वयमा १५०सडक बत्ती जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष छेवाङ गुरुङले जानकारी दिनुभयो ।

“लोमान्थाङको पर्खालभित्र र बाहिरको सडक छेउमा बत्ती जडान गरिएको छ,” उहाँले भन्नुभयो “रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज हुनुका साथै गाउँ आकर्षक बनेको छ ।” एक सय ४६ वटा काठका पोल र चार वटा व्यक्तिका घरमा सडक बत्ती जडान गरिएको छ ।

काठका पोललाई कलात्मक बनाइएको छ । बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ । सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडान गर्ने काम केही दिनअघि मात्रै सकिएको हो ।

जिग्मे फाउण्डेशनका कार्यक्रम निर्देशक पाङदेन ढोल्कर गुरुङले सडक बत्ती जडान गर्न रु ४९ लाख खर्च भएको जानकारी दिनुभयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि जनप्रतिनिधिहरुले सडक बत्ती जडानको योजना अघि सारेका थिए ।

सडक बत्तीको मिटर बक्स जडान गरेको लोमान्थाङ गाउँपालिकाले महशुल तिर्ने व्यवस्था मिलाएको छ । माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन् । ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 0 Minutes 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।