२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बधाई ! विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड

जेठ १५, काठमाण्डाै : नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको छ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो ।

अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले सर्ट फिल्म अवार्ड जितेको हो । कान्समा यसपटक १ सय ४० देशका ३ हजार ५ सय ७ वटा फिल्मले आवेदन दिएका थिए ।

जसमध्ये उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो । यो फिल्म हङकङका निर्माताहरुसँगको सहकार्यमा निर्माण भएको थियो । पछिल्लो समय नेपाली मौलिक कथामा निर्माण भएका छोटा तथा

फिचर फिल्म अन्तर्राष्ट्रियस्तरमा छनाेटमा पर्न थालेका छन् । यसले नेपाली सिनेमाको बजार फराकिलो हुँदै गएको सङ्केत गरेको छ । केही दिनअघि अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी थिइन् ।

उनी कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार बनेकी छिन् । उनले कान्समा सर्ट फिल्म अवार्ड जित्न सफल भएकोमा निर्देशक अविनाश विक्रम शाहलाई बधाई दिएकी छिन् । उज्यालो अन्लाईन

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।