२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

काठमाडौंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जना प’क्राउ !

काठमाडौं : काठमाडौंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले प’क्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।

जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले प’क्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन

क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना प’क्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत ब’रामद गरिएको छ ।

२०७८ आश्विन २, शनिबार प्रकाशित 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।