
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक का’रबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमबीच पुरस्कृत एवं सम्मान गरेको छ।
प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको प्रलोभनमा नपरी काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरूलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
नगद पुरस्कृत तथा प्रशंसापत्रसहित सम्मानित हुनेहरूमा प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठसहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरू किसान चन्द्र गौतम, धनवीर जि.सी. ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला छन्।
त्यस्तै, प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजी साह, प्रविन मोक्तान, दधिराम बि.सी. त्यस्तै प्रहरी जवान हरि बहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी रहेका छन्।
सम्मानित हुने सम्पूर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरेका छन्। सम्मानित प्रहरीमध्ये एकजनाले भने, ‘आर्थिक शून्य सहनशीलता हाम्रो प्राथमिकता हो। यदि कसैले हामीलाई घुस लिन खोजेको खण्डमा हामी कानुनी दा’यरामा ल्याउछौँ।’
गत आ.व.मा घुस दिई प्रलोभनमा पार्न खोज्ने १६६ जना चालक प’क्राउ परेका थिए। यस आर्थिक वर्षमा घुसबापत ९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसापत्रद्वारा सम्मान गरिसकेको छ ।