२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

बि’रामी बुबाआमा पाल्न रिक्सा पेल्दै बालक, आफ्नो भविष्यको कुनै ठेगान छैन !

काठमाडौं : नेकपा एमालेका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता देउवा सरकारले गरेर गाली भने तत्कालीन ओली सरकारले खाएको बताएका छन् ।

टोखाको नयाँ किरण समूहद्वारा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण’ कार्यक्रममा बोल्दै उनले देउवा सरकारले एमसीसी सम्झौता गरेर तत्कालीन ओली सरकारले गाली खानुपरेको बताए ।
‘त्यो सरकारको प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

कृष्णवहादुर महरा, हस्ताक्षर गर्ने त्यो बेलाका अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की अहिले कानूनमन्त्री हुनुहुन्छ । त्यो सरकारका गृहमन्त्री जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्छ । उहाँहरुले गरेको त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो,

’ उनले भने, ‘अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाऔं भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली ।’ नेता ज्ञवालीले यदी एमसीसी सहि थियो भने अहिले किन रोकिएको भन्दै उनले प्रश्न गरेका छन् । उनका अनुसार आज उहाँहरुसँग १६५ जनाको संख्या छ उहाँहरुले अगाडी बढाउने हो भने अगाडी बढाए हुन्छ ।

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित 0 Minutes 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।