२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

मन्त्री श्रेष्ठ भन्नुहुन्छ – अब पोखराबाट पनि श्रम स्वीकृति हुन्छ ।

जेठ १४, काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आगामी आर्थिक वर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गर्दै मन्त्री श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू श्रम स्वीकृतिका लागि काठमाडौं जान नपर्ने गरी सवै सेवा उपलब्ध गराइने बताए ।

पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाए । नवनिर्वाचित महानगरपालिका प्रमुख धनराज आचार्यले शपथ ग्रहणसँगै

पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश गर्न आग्रह गर्ने निर्णय गरेका छन् । मन्त्री श्रेष्ठले देशकै ठूलो महानगर पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन लगायतका

काममा संघीय सरकारबाट पूर्ण सहयोगको प्रतिवद्धता जनाए ।
पोखराको सबैभन्दा ठुलो समस्या ठानिएको ल्याण्डफिल साइट व्यवस्थापनका लागि पनि संघीय सरकारले सहयोग गर्ने उनले बताए । पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्य निर्वाचित भएका छन् ।

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।