२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

दुर्गा प्रसाईले दुबईमा नेपाली पानी निर्यात गर्दै !

जेठ १४, झापा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र संयुक्त अरव इमिरेट्स दुबई विकास प्राधिकरणका कार्यकारी

निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ ।
गत शनिबार दुवई पुगेका प्रसाईले बुधबार दुबई विकास प्राधिकरणको औपचारिक भ्रमणको क्रममा प्राधिकरणका कार्यकारी निर्देशक महम्मदसँग भेट गरेका हुन् ।

उक्त भेटमा नेपालको जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धन गर्ने, नेपालको कृषि उपज तथा हिमालको पानी मिनरल वाटरको रुपमा बार्षिक २ खर्बसम्मको पानी निर्यात गर्ने लगायतका बिषयमा छलफल भएको छ ।

भेटमा दुबई विकास प्राधिकरणका कार्यकारि निर्देशक महम्मदले जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धनका लागि आफ्नो सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका थिए । यस्तै नेपालको स्वास्थ र शिक्षाको विकासमा काम गर्नेबारे पनि छलफल भएको बताइएको छ ।

यसअघि प्रसाईले दुवईका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुमलाई भेट गरेका थिए । प्रसाई र राजकुमार मोहम्मदबीच शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने बिषयमा कुराकानी भएको थियो ।

प्रसाई ५ दिने भ्रमणको लागि दुवई गएका हुन् ।
प्रसाईले बिएन्डसी हस्पिटललाई एसियाकै नमुना अस्पताल बनाउने सपना बुन्दै आएका छन् । यही मेहनतकै कारण उनलाई दुवई भेटका लागि बोलाइएको थियो । न्युज संजाल बाट

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 0 Minutes 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।