२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

मेयर साम्पङ भन्नुहुन्छ – स्थानिय सरकार कस्तो हुन्छ भन्ने धरानबाट देखाउँनेछु ।

जेठ १३, धरान : स्वतन्त्र रुपमा उमेदवारी दिएर भारी मतका साथ धरान उपमहानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका हर्क साम्पाङले पदभार ग्रहण गरेर काम सुरु गरेका छन् ।

ट्याम्पु चढेर उपमहानगरपालिकाको कार्यालयमा पुगेर साम्पाङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण सहित उनले पहिलो निर्णयमा पनि हस्ताक्षर गरेका छन् । वैज्ञानिक कर लागु गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने पहिलो निर्णय उनले गरेका छन्।

मेयर राईले उक्त कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई संयोजक तोकेका छन्। यस्तै, सदस्य सचिवमा राजश्व महाशाखाका प्रमुख छन्। सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा रहने मेयरको पहिलो निर्णयमा उल्लेख छ।

पदभार ग्रहण लगत्तै संचारकर्मीहरुसँग कुराकानी गर्दै मेयर साम्पाङलले स्थानिय सरकारको प्रत्याभुती हुने गरि आफुले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । स्थानिय सरकार कस्तो हुन्छ भन्ने नमुना आफुले देखाउँने पनि उनले भनेका छन् ।

धरानमा स्थानीय सरकार छ है भन्ने अनुभूति जनतालाई गराउने बताएका हुन्। उनले भने, ‘सरकार छ भन्ने कुरा थाह हुनुपर्यो जनतालाई। सरकार त छ, कर मात्र उठाउछ भन्ने महशुस हुनुभएन।

सरकार छ, त्यसले सामाजिकरुपमा सुरक्षित छौं, शान्ति सुरक्षाको प्रत्याभूति भएकोछ, सुशासनको प्रत्याभूति भएको छ भन्ने खालको जनतालाई महसुस हुनुपर्छ।’ जनताको आशा धेरै भएकोले आफु मेयर भएपछि जिम्मेवारी बढेको प्रतिक्रिया दिँदै राईले चुनौतीहरु धेरै भएकोले सबै राजनीतिक दल,

संघसंसस्था, नागरिक समाजले मिलेर नै धरानलाई सुशासित र विकसित बनाउनुपर्ने पनि बताए। ‘सबैको सहकार्य र सहभागिता विना हामीले मात्र नगरपालिका अघि बढाउन सक्दैनौ ।

उनले भने,‘म पनि सबैलाई मिलाएर लैजान्छु, किनभने म अभिभावकको रुपमा छु। समन्वयकारी भूमिका खेलेर अभिावकत्व ग्रहण गरेको छुँ, अभिभावकत्व पूरा गर्छु।’

नगरपालिकालाई पारदर्शी र जनमुखी बनाउने पनि उनले प्रतिवद्धता व्यक्त गरे। खानेपानी व्यवस्थापन गर्न चुहावट रोक्ने, चाडै मर्मतसम्भार गर्ने काम अघि बढाउने र उत्पादन बढाउन स्रोत थप्न पनि प्राथमिकता दिने उनले बताए।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार