२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्टियो, जन्मकैद कायम !

जेठ १३, काठमाडौं : श्रीमतीको ह-त्यापछि जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालालाई जे’ल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ ।

विहीबार कै-द सजायमा छुट दिने सर्वोच्चको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले उल्टाउने फैसला गरेको हो ।

यसअघि महाअभियोगपछि निल-म्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको जन्म-कैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो ।

करिब ९ वर्ष अगाडि कोइरालाले आफ्नो श्रीमती गीता ढकालको ह-त्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए ।

त्यसपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । तर, गत वर्षको असार १५ मा निलम्बित प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा

लागेको’ भन्दै कोइरालाको कै-द स’जाय घटाउने फैसला गरेको थियो । तर, राणा र केसीको संयुक्त इजलासको फैसला गै-रकानूनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएको थियो ।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।