२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

पेट्रोलियम पदार्थको कर घटाउने सरकारकाे निर्णय

जेठ १३, काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन् । कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए ।

यद्यपि कति प्रतिशतले घटाउने भन्ने कुरा भने यकीन भइसकेको छैन । हाल सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ । जसका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि हुँदा नेपालमा समेत यसको मूल्यवृद्धि चुलिएको छ ।

अहिले सरकार पेट्रोलियम पदार्थ आयातमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क लगायत जोडेर चर्को कर लिइरहेको भन्दै यसको आलोचना समेत हुँदै आएको थियो ।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।