२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

जस्ले आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरे

जेठ १३, काठमाडौं : बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रह्लाद क्षेत्रीले कार्यभार ग्रहण गर्दै गर्भवती महिला र नगरभित्रका विपन्न नागरिकहरूको लागी विशेष स्वास्थ्य

उपचारको प्याकेज घोषणा गरेका छन् । गर्भवती महिलाहरूलाई निस्शुल्क उपचार गर्नेदेखि विपन्न नागरिकहरूलाई निस्शुल्क स्वास्थ्य बिमा गरिने नगरप्रमुख क्षेत्रीले आज पदभार ग्रहण गर्दै घोषणा गरेका हुन् ।

हिमाल, पहाड र तराइका गर्भवती महिलाहरूलाई स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरकारले प्रदान गर्दै आएको यातायात खर्च बापतको क्रमशः १ हजार, २ हजार र ३ हजारमा यदि बर्दिबासका नागरिक भए १ हजार

समेत थप्ने निर्णय गरिएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले जानकारी दिए । नवनिर्वाचित नगरप्रमुख क्षेत्रीले नगरबाट पाउने सबै प्रकारका सुविधा नलिने पनि घोषणा गरेका छन् ।

नगरबाट उपलब्ध भएको गाडिलाई एम्बुलेन्स बनाउने बताउँदै नगरप्रमुख क्षेत्रीले सधैँभरी नगरको समस्याबाट नजिक रहने पनि बताए । बर्दिबासमा सबैभन्दा ठूलो समस्याकोरुपमा रहेको

नदिजन्य वस्तुको उत्खनन‍्मा पनि तत्काल ध्यान दिने बताएका छन् । प्राविधिक तथा अनुगमन समिति बनाई नगरभित्रका क्रसर उद्योगलाई समेत व्यवस्थित बनाउनेमा नगरप्रमुख क्षेत्रीले प्रतिबद्धता जनाएका छन् ।दैनिक न्युज नेपाल

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 230 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।