२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

सलमान खान नआउने भएपछि महावीर पुनको व्यंग्य – म युरोपबाट नेपाल आउँदैछु ।

जेठ १२, काठमाडौं : बलिउड अभिनेता नेपाल आउने कार्यक्रम स्थगित भएपछि राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले व्यांग्य गर्दै स्टाटस लेखेका छन् ।

उनले सामाजिक सञ्जालमा व्यांग्यात्मक स्टाटस लेख्दै सलमान नेपाल नआउने भएपछि युरोप बाट महाबीर पुन खान नेपाल आउन लागेको बताएका छन् ।

यही शनिबार अर्थात् जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कार्यक्रम स्थगित भएको छ । सलमानसहित करिब एक दजर्न कलाकारहरू ‘दबंग टुर रिलोडेड’का लागि नेपाल आउने तय भएको थियो ।

तर अन्तिम समयमा प्राविधिक समस्या देखाएर कार्यक्रम केही हप्ताका लागि सरेको भन्दै आयोजकले मंगलबार विज्ञप्ति जारी गरेको थियो । यतिबेला सामाजिक सञ्जालहरूमा यस विषयलाई लिएर विभिन्ट टिकाटिप्पणीहरू भइरहेका छन् ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।