२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

अन्य प्रतिनिधिलाई बधाई खान भ्याइ नभ्याइ हुँदा धरानका मेयर हर्क साम्पाङ ‘फिल्ड’ मा

जेठ १२, काठमाडौं : स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि बधाई खान भ्याइ नभ्याइ रहँदा धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राई (साम्पाङ) अहिले कार्यक्षेत्र ‘फिल्ड’मा खटिएका छन् ।

धरानवासीको समस्या हल नगरुन्जेल आफू खुसी नहुने बताउने मेयर हर्क साम्पाङ पद धारण गरेको भोलिपल्टदेखि नै फिल्डमा पुगेर काम गर्न थालेका छन् ।

बुधबार नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे अवलोकन गरे । खानेपानीको मुहान वरपरको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैँ फिल्डमा खटिए ।

उनले आफ्नो फेसबुक पेजमार्फत भनेका छन्, ‘नेपानीको मूहान अवलोकन गरी कम्जोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान ! पनि सरसफाइ कार्यमा सहभागी भए ।’

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।