
जेठ १२, तनहुँ : स्थानीय तहको निर्वाचन सकिएपछि व्यास नगरपालिकाका प्रमुखका उम्मेदवारको रुपमा रहेका वैकुण्ठ न्यौपानेले मतगणना सुरु नगरेको भन्दै वैशाख ३१ गते
कांग्रेसविरु|द्ध ष’ड्यन्त्र गर्नेेलाई लखेट्ने चेता’वनी दिएका थिए । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि भनेका थिए, निर्वाचन आयोगमा के लेखेर पठाएको छ ? हामीलाई देखाउनुप¥यो ।
षड्यन्त्र गर्ने हामीवि’रुद्ध, अनि टिकौला तिमीहरु ? यहाँ कोही टिक्न सक्छ कांग्रेस हो यहाँ, हामीले धेरै मान्छे लखेटेका छौं, लखेटिन सक्छौ । उत्तेजक भाषण दिदै मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङगनालाई जिल्लाबाट लखेट्ने धम्की दिएका न्यौपाने
मेयरमा निर्वाचित भएपछि उनै अधिकृतबाट बुधबार शप-थग्रहण लिएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पराजित गदै मेयरमा पुनः निर्वाचित न्यौपानेले शप-थग्रहण लिदै
संविधान र कानूनको पालना गरेर काम गर्ने बताए । त्यस्तै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्त-चित्त भएर लाग्ने बताए ।