२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

सपथ नलिँदै उपमेयरलाई गाडी मोह !

जेठ १२, तनहुँ : जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा बुधबार व्यास नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको प्रमाण–पत्र तथा सपथ ग्रहण कार्यक्रम थियो ।

बिहान ११ बजेदेखि हुने भनिएको कार्यक्रम केही समय पछि धकेलियो । नवनिर्वाचित जनप्रतिनिधि नै निर्धारित समयभन्दा पछि आएका थिए । सपथ ग्रहण कार्यक्रममा कोही आफ्नो निजी सवारी साधन लिएर आएका थिए भने कोही पैदल नै आएका थिए ।

तर, व्यास नगरपालिकाको उपप्रमुखमा निर्वाचित इन्दिरा दरै भने जनप्रतिनिधिको सपथ ग्रहण नलिँदै नगरपालिकाको गाडीबाट कार्यक्रममा आएकी थिइन् । उपमेयर दरैलाई लिनको लागि गाडी घरमै पुगेको बताइएको छ ।

सबै जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले प्रमाणपत्र वितरण गरेका थिए, भने नगरप्रमुख बैकुण्ठ न्यौपानेले सपथ खुवाएका थिए ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 1094 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।