
जेठ ११, काठमाडौँ : यो स्थानिय तहको चुनावको नतिजाले जनताहरुलाई उत्साहित बनाएको छ । यसको प्रमुख कारण हो पूर्व धरान देखि पश्चिम धनगढीसम्म स्वतन्त्र उम्मेदवारले बाजी मार्नु ।
स्वतन्त्रबाट जित निकालेका जनप्रतिनिधीहरुका हरेक गतिविधी अहिले जनताले नियालिरहेका छन् । धरान उपमहानगर पालिकामा नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) देखि धनगढी उपमहानगरपालिकाको मेयरमा बाजी मारेका गोपाल
हमालसम्मलाई जनताले विश्वास गरेर जिताएपछि जनता उनीहरुले कसरी काम गर्लान् र कस्ता निर्णय गर्लान् भनेर प्रतिक्षामा रहेका छन् । धरान उपमहानगरपालिकाका पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेकै दिन देशभरि तरंग दिनेगरी आफ्नो नगरमा बैज्ञानिक कर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।
उनको यो निर्णयसंगै केन्द्र प्रदेश सरकार दुबैलाई तरंगित पारेको छ । स्वतन्त्र उमेदवारबाट मेयर पद जितेका साम्पाङ धरान मात्र नभएर आम नेपालीको चासो र आकर्शक पात्र बनेका छन्। .
(मंगलबार) बिहान करिब १० बजे उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पुगेर राईले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेसँगै मेयर राईले वैज्ञानिक कर लागु गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्।
मेयर राईले उक्त कार्यदलको संयोजकमा उपमेयर अइन्द्रबिक्रम बेघालाई संयोजक तोकेका छन्। यस्तै, सदस्य सचिवमा राजश्व महाशाखाका प्रमुख छन्। सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा रहने मेयरको पहिलो निर्णयमा उल्लेख छ।
कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको अध्ययन गर्ने पनि मेयर राईले जानकारी दिए। साथै, अन्य पालिकाहरुको पनि कर प्रणालीको अध्ययन गर्ने, नगरको आयस्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि कार्यदलले पेश गर्ने पनि मेयर राईले जानकारी दिए।
उनले भने,‘धरानमा राजश्व संकलन ९कर० कतिको वैज्ञानिक छरु अन्य ठाउँ तिरको कर र यहाँको करको भिन्नता के छ रु आयस्रोतहरु के के हुन् त्यसलाई पनि पहिचान गर्ने र दररेट निर्धारण गर्न अध्ययन गरी सुझाव दिने कार्यदल गठन गर्ने निर्णय गरेका छौ।’ उपमेयर अइन्द्रबिक्रम बेघाले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका (साम्पाङ) ले बहुमतका साथ मेयरमा निवार्चित भएका हुन्। उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार किशोर राई र एमालेकी उम्मेद्वार मञ्जु भण्डारी सुवेदीलाई भारी मतान्तरले पराजित गरेका थिए।
धरानका जनताको प्रमुख सरोकार एवं समस्याहरु खानेपानी, वीपी प्रतिष्ठानको उपचार सेवा, सडकको खाल्डाखुल्डी, लोडसेडिङलगायत मुद्दामा निरन्तर आवज उठाउदै आइरहेका उनलाई यसपाली धरानका जनताले मेयरमा निवार्चित गरेका छन्।
मेयर राईले जनतालाई स्थानीय सरकार भएको प्रत्याभूति दिलाउने पनि बताएका छन्। पदभार ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले धरानमा स्थानीय सरकार छ है भन्ने अनुभूति जनतालाई गराउने बताएका हुन्।
उनले भने, ‘सरकार छ भन्ने कुरा थाह हुनुपर्यो जनतालाई। सरकार त छ, कर मात्र उठाउछ भन्ने महशुस हुनुभएन। सरकार छ, त्यसले सामाजिकरुपमा सुरक्षित छौं, शान्ति सुरक्षाको प्रत्याभूति भएकोछ, सुशासनको प्रत्याभूति भएको छ भन्ने खालको जनतालाई महसुस हुनुपर्छ।’