
जेठ ११, काठमाडौं : सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्षबाट सञ्चालनमा ल्याउने भएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा विमानस्थल यसै वर्ष भित्रमा सञ्चालनमा ल्याउने बताएकी हुन्। विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बरदेखि सुरू भएको हो । तत्कालीन समयमा विमानस्थल निर्माण सन् २०२१
जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो। यद्यपि कोरोना माहामारीका कारण निर्माणको काम पर धकेलिएको हो। सन् २०२३ जनवरीमा विमानस्थलको उद्दघाटन गर्ने सरकारको तयारी छ।
थप समाचार, कास्की : पोखरा महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै उन िनिर्वाचित भएका हुन् ।
गठबन्धनको तर्फबाट उम्मदेवार दिएका एकीकृत समाजवादीका आर्चायले ५८ हजार ८ सय ९३ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका थापाले ५२ हजार ८ सय ४८ मत पाए ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई हराइन् । गुरुङले ६० हजार ५ सय ४६ मत र रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन् ।
आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गु-माएको छ ।