२०७९ असार १५ बुधबार
  • काठमाडौँ

हालै भएको स्थानीय चुनावमा एक भोट पनि नआए पछि अदालतमा मुद्धा हाल्दै यी उमेदवार !

जेठ १०, गोरखा : स्थानिय तहको निर्वाचनको परिणाम धमाधम आइरहेको छ । अधिकांश ठाउँका मतपरिणाम आएको छ । निर्वाचित भएका धेरै जनप्रतिनिधीहरुले सपथ र पदभार ग्रहण गरेर काम पनि थालीसकेका छन् ।

यस पटकको चुनावमा पनि निकै रोचक घटनाहरु पनि बाहिर आइरहेका छन् । चुनावमा बिजेता बनेकाहरु खुशियालीमा हुने त स्वाभाविक भयो ,हारेकाहरु दुखी हुँदै हारको समिक्षा र अर्को पटक जित्छु भन्दै मन बुझाउँने कुरा पनि स्वाभाविकनै हो

तर गोरखाका एक उमेदवारलाई भने अर्को किसिमको तनावले पिरोलीरहेको छ । स्वतन्त्र रुपम वडा अध्यक्षको उमेदवार बनेका एक व्यक्ति आफ्नो लागी एक भोट पनि नआए पछि आक्रोसित भएका छन् । अरुले त हालेनन् ल ठिक छ मैलै आफैँले हालेको भोट चाँही कहाँ गयो भनेर उनी खोजिरहेका छन् ।

मत गन्दा बाकसमा एक भोट पनि नआए पछि उनी अदालतमा मुद्धानै हाल्न जाने तयारीमा जुटेको खबर छ । गोरखाको भीमसेन थापा गाउँपालिका ८ का वडाअध्यक्ष उम्मेदवार नवराज ढकालले अन्तिम मतपरिणाम आउँदासम्म १ भोट पनि पाएनन्।

कुल १ हजार ४६९ मत मध्ये स्वतन्त्रबाट उम्मेदवार दिएका ढकालको चुनाव चिह्न ‘खानेपानीका धारा’मा एक भोट पनि नआएपछि उनले अदालत जाने बताएका छन्।

सामाजिक सञ्जालमा मतगणनाबारे असन्तुष्टि जनाउँदै उनले आफूले हालेको मत पनि नपाएको बताएका छन्। मतपरिणाममा आफूले हालेको भोट पनि नआएको भन्दै उनले आफ्नो भोट खोज्न बताएका छन्।

उनले भनेका छन्, ‘‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु।”

उनले आफूले हालेको मत बदर भएको पनि नदेखिएकाले मतगणनामै लापरवाही भएको आरोप लगाएका छन्। निर्वाचन अधिकृत खिमानन्द गौतमले भने मतगणनामा कुनै त्रुटी नभएको दाबी गरेका छन्।यहाँ माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाअध्यक्षमा विजयी भएका छन्। ओटिभी नेपाल

२०७९ जेष्ठ १०, मंगलवार प्रकाशित 0 Minutes 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार