२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

जुन पार्टीमा करिश्मा गर्छिन प्रवेश, त्यो पार्टी पत्तासाफ !

जेठ ८, काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा कुनै बेला एकछत्र राज गरेकी नायिका करिश्मा मानन्धर केहि वर्ष यता ‘पाट टाइम’ राजनीतिमा पनि सक्रिय छिन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी केन्द्रबाट छुट्टिएर आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी स्थापना गरेका थिए । सोहि समयदेखि नयाँ शक्ति पार्टीबाट राजनीतिमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धर अहिले नेकपा एमालेमा छिन् ।

नयाँ शक्ति पार्टीमा रहदा पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग सँगै बिभिन्न कार्यक्रममा पुग्ने र भाषण गर्ने गर्थिन, बाबुरामको खुबै प्रशंसा गर्ने गर्थिन तर निर्वाचनमा नयाँ शक्ति पार्टीको पतनसँगै करिश्मा मानन्धर पनि राजनीतिबाट निष्क्रिय हुन थालिन्

संघिय सांसदमा जम्मा एक सिट जित्यो त्यो पनि पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई थिए ।
नयाँ शक्ति पार्टीको पतनसँगै करिश्मा मानन्धर त राजनीतिबाट निष्क्रिय भइन, डा.बाबुराम भट्टराई आफै पनि पार्टी

हाक्न नसक्ने भएपछि उपेन्द्र यादव नेतृत्व सङ्घीय समाजवादी फोरम, नेपालसँग २०७६ वैशाख २३ पार्टी एकता गरेका थिए । केही वर्ष राजनीतिबाट निष्क्रिय रहेकी करिश्मा मानन्धर स्थानीय तहको निर्वाचनको मुखमै २०७८ चैत ८ गते एमाले प्रवेश गरेकी थिइन् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

तर कुरा ठ्याकै त्यस बेलाको नयाँ शक्ति पार्टीको र नेकपा एमालेको हालत उस्तै नभएपनि यात्रा भने ओरालो रहेको छ । त्यस बेला बाबुरामले नयाँ शक्ति पार्टी वैकल्पिक राजनीतिक दल भएको दाबी गर्दै आएका थिए, तर निर्वाचनमा जनताले मज्जाले जवाफ दिए कि नयाँ शक्ति पार्टी वैकल्पिक होइन् ।

स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ, केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै आएका थिए तर त्यसो भएन अब नेकपा एमाले नेपाली कांग्रेस पछिको दोश्रो ठुलो दल भन्ने निश्चिछ जस्तै छ ।

२०७४ सालको निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको एमाले हेर्दा हेर्दै अहिले दोश्रो दल बन्न पुगेको छ ।
नायिका करिश्मा मानन्धर जुन–जुन पार्टीमा प्रवेश गर्छिन त्यो पार्टीले जित भन्दा धेरै हार चाख्नु परेको छ । भएको शक्ति पनि गुमाउनु परेको छ । दैनिक न्युज नेपालमा खबर छ ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 441 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।