२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

बधाई ! ५ हजार मतान्तर धरानको मेयरमा हर्क साम्पाङ विजयी !

जेठ ८, काठमाडौं : सुनसरीस्थित धरान उपमहानगरपालिकाको मेयरमा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरु सम्मिलित सत्ता गठबन्धनका साझा उम्मेदवार किशोर राईलाई ५ हजार भन्दा धेरै मतले हराउँदै हर्कले बाजी मारेका हुन्।

लामो समयदेखि धरानमा खानेपानी अभाव र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृतिलाई लिएर आन्दोलित हर्कलाई धरानबासीले मेयरका रुपमा अनुमोदन गरे।

उनी विजयी भएको औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गर्न बाँकी नै छ। उपमेयरमा भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा विजयी भए। नेकपा एमालेका पदम इस्बो लिम्बूलाई हराउँदै उनले उपमेयर पद पक्का गरेका हुन्।

यहाँ नेकपा एमालेकी उम्मेदवार मन्जु भण्डारीले लज्जास्पद हार भोगेकी छन्। निवर्तमान उपमेयर उनलाई एमालेले टिकट दिँदै विवाद भएको थियो। उनले टिकट पाएपछि असन्तुष्ट नेताहरु मनोज मेयाङ्बोसहित निष्क्रिय बसेका थिए।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।