२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

गौतम बुद्ध बिमानस्थललाई हवाई रुट दिन भारतको आनाकानी !

काठमाडौ : नेपालको परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीमा नेपालका वायुसेवाहरूलाई महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट हवाई

प्रवेश मार्ग उपलब्ध गराउन अनुरोध गरेका थिए।
भारतीय प्रधानमन्त्रीले यो विषय आफ्ना देशका सम्बन्धित निकायले हेर्ने बताएको नेपाली पक्षले जनाएपनि मोदीको भ्रमणपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको

विज्ञप्तिमा हवाई रुटको चर्चा गरिएको छैन।.अन्तर्राष्ट्रिय उडानका लागि नेपालले हाल सिमराहुँदै भारतले उपलब्ध गराएको एकमात्र हवाई प्रवेश मार्गको प्रयोग गर्दै आएको छ। नयाँ मार्ग प्राप्त भए भारतीय आकाशहुँदै सीधै अन्तर्राष्ट्रिय वायुसेवाहरूले भैरहवामा अवतरण गर्नसक्ने र त्यसले हवाई यात्रामा लाग्ने समय र लागत दुवै कम गर्ने विज्ञहरू बताउँछन्।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएकै दिन लुम्बिनी आइपुगेका भारतीय प्रधानमन्त्रीले उक्त विमानस्थल प्रयोग नगरेको विषयमा अझै पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

मोदीसँगै लुम्बिनीमा आयोजित एउटा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै लुम्बिनीमा भारत एवं सम्पूर्ण विश्वबाट अझ ठूलो सङ्ख्यामा पर्यटकहरू स्वागत गर्न नेपाल इच्छुक रहेको बताएका थिए।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीमा नेपालका वायुसेवाहरूलाई महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउन अनुरोध गरेका थिए।

भारतीय प्रधानमन्त्रीले यो विषय आफ्ना देशका सम्बन्धित निकायले हेर्ने बताएको नेपाली पक्षले जनाएपनि मोदीको भ्रमणपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा हवाई रुटको चर्चा गरिएको छैन।

अन्तर्राष्ट्रिय उडानका लागि नेपालले हाल सिमराहुँदै भारतले उपलब्ध गराएको एकमात्र हवाई प्रवेश मार्गको प्रयोग गर्दै आएको छ।

नयाँ मार्ग प्राप्त भए भारतीय आकाशहुँदै सीधै अन्तर्राष्ट्रिय वायुसेवाहरूले भैरहवामा अवतरण गर्नसक्ने र त्यसले हवाई यात्रामा लाग्ने समय र लागत दुवै कम गर्ने विज्ञहरू बताउँछन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यूनेस्कोको विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीबाट १९ किलोमिटरको दूरीमा रहेको छ।
उक्त विमानस्थलको निर्माणमा सघाएको एसियाली विकास ब्याङ्कका अनुसार उक्त विमानस्थलमा वाइड बडी विमानहरूले अवतरण गर्न सक्छन्।

१५ हजार १ सय ६९ वर्ग मिटरको टर्मिनल भवन र ३ हजार मिटरको नयाँ धावनमार्ग रहेको उक्त विमानस्थलमा अवतरणमा सघाउने अत्याधुनिक प्रणाली पनि जडान गरिएको छ।
त्यो नेपालको हकमा पहिलो भएको र त्यसले कम उज्यालोमा पनि विमानहरूलाई अवतरण गर्न सहयोग गर्ने एशियाली विकास ब्याङ्कले बताएको छ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।