२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

मतान्तर बढाउँदै बालेन, स्थापितभन्दा १६२३६ मतले अगाडि

जेठ ७, काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतान्तर बढाउँदै लगेका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित र सत्ता गठबन्धनकी साझा उम्मेदवार र्सिजना श्रेष्ठभन्दा उनी झण्डै दोब्बर मतले अगाडि रहेका छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले ३५७५१ मत पाएका छन् । उनका प्रतिस्पर्धीद्वय स्थापित र सिर्जनाले क्रमशः १९५१५ र १९४५८ मत पाएका छन् । कूल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजारभन्दा बढी मत गनिसकिएको छ ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले ३३ हजारभन्दा बढी मत पाउँदै अग्र स्थानमा रहेकी छन् । उनलार्य एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मतका साथ पछ्याइरहेका छन् ।

हालसम्मा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।