
जेठ ७, काठमाडौ : काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्।
मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। शनिवार पछिल्लो मतपरिणाम अनुसार बालेनले ३१ हजार १५ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।
स्थापितले अहिलेसम्म १६ हजार ४ सय १७ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच झनै फराकिलो मतान्तर देखिएको छ। यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह नै छिन्। उनले १६ हजार २ सय २४ मत प्राप्त गरेकी छिन्।
थप समाचार, भरतपुर महानगरपालिकामा मेयर पदकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रतालाई अझै फराकिलो बनाएकी छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको भन्दा करिब ४ हजार मतान्तर बनाएकी हुन् ।
भर्खरै सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार रेनुले २४,६६० मत पाएकी छन् ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २०,६६३ मत प्राप्त गरेका छन् । यो रेनु र विजयको भन्दा ३,९९७ मतको अग्रता हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८८४० मत पाएका छन् ।
त्यस्तैगरी महानगरको उपमेयरमा चित्रसेन अधिकारीले २६,७९४ मत तथा राप्रपाकी हिमला गुरुङले १६,१६९ मत पाएका छन् । हालसम्म जम्मा ६४ हजार १७५ मत गणना भइसकेको छ ।