२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

बालेनको अग्रता झनै फराकिलो, स्थापितभन्दा १४५२१ मतले अगाडि

जेठ ६, काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा १४५२१ मतान्तरले बालेन अगाडि रहेका छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले ३०८५८ मत ल्याउदा स्थापितले १६३३७ मत पाएका छन् ।

उनीहरु दुवैलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले १५९६० मत साथ पछ्याइरहेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्टले १७९०, स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२३५, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले २०४ मत पाएकी छन् ।

थप समचार, भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ३७५७ मतान्तरले पछि पारेकी छन् ।

ताजा मत परिणाम अनुसार गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले २४ हजार १०७ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले २० हजार ३५० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ५५७ मत प्राप्त गरेकी छन् ।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 0 Minutes 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।