
जेठ ६, काठमाडौं : सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन
शाहलाई निर्वाचन जितिसकेपछि आफनो पार्टीमा आउँन आग्रह गरेकी छिन् । बालेन शाहलाई नजर अन्दाज गर्दै आएको अब दलहरुलाई चुनौती सच्चिने मौका दिएको र बालेनलाई चुनाव जितिसकेपछि पार्टी चाहिने भएको भन्दै उनले भनिन, म त
भन्छु निर्वाचन जितिसकेपछि समाजवादी पार्टीमा सँगै यात्रा गरौं, आउँनुभयो भने एकदम स्वागत गर्न चाहान्छु, सफल भएको हेर्न चाहान्छु, उनले भनिन ।
पार्टी भित्र बसेर आफुहरुले विद्रोहो गर्न नसकेको र विद्रोहको आवश्यकता भएको भन्दै बालेन शाहले मेयर जितिसकेपछि सँगै काम गर्न चाहेको झाँक्रीले, बताएकी छिन् ।
आफुले पहिलो चोटी रुखमा भोट हालेको र विश्वासको मत दिएको आफुलाई कुनै पनि अप्ठायारो नभएको आफु गठबन्धनको पक्षमा रहेको उनले बताइन् ।.आजको दिनमा एमालेमा नजाने पार्टी एकता हुने सम्भावना नरहेको, उनले भनिन ।
स्थानीय तहको चुनावमा आफुहरुले धेरै उम्मेदवारी नउठाएको एक्लै पनि धेरै ठाउँमा जितेको र यो गठबन्धनले फाईदा भएको बताएकी छिन् । आफुहरुलाई कांग्रेसले धोका दिएको भन्न नस्कने र आफुहरुले गठबन्धनको सिद्धान्तमा बसेर काम गर्न नसकेको,उनले भनिन ।