
जेठ ६, काठमाडौँ : काठमाडौं महानगरमा जारी मतगणनामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । ७८ हजार ३६० मत गन्दास्वतन्त्र उम्मेदवार बालेन शाहले २९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् ।
बालेनले पाएको मत उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उममेदवार केशव स्थापितको भन्दा १३ हजार ६ सय ६१ मतले बढी हो । यो मतान्तर जारी मत परिणामको हालसम्मकै उच्च मतान्तर हो ।
स्थापितले अहिलेसम्म १५ हजार ९ सय २१ मत प्राप्त गरेका छन् । यसरी हेर्दा शाहले स्थापितसँगको मतान्तर निरन्तर बढाईनै रहेका छन् । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत पाएकी छन् ।
थप समाचार, भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई ३,२०५ मतान्तरले पछि पारेकी छन् ।
हालसम्म ५९ हजार ७२५ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले २२ हजार ५९८ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा (एमाले)का विजय सुवेदीले १९ हजार ३९३ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३७९ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८५४ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ३०१ मत प्राप्त गरेकी छन् ।