२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

याेगेश भट्टराई भन्नुहुन्छ – स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी हो ।

जेठ ६, काठमाण्डाै : नेकपा एमालेका सचिव याेगेश भट्टराईले काठमाण्डाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी भएकाे टिप्पणी गर्नुभएकाे छ ।

आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी

आउनु दलहरूको निम्ति खतराको घण्टी भएको बताउनुभएकाे हाे । त्यसैगरी सचिव भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभयो । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएकोमत परिणाम निराशाजनक नभएको उहाँले बताउनुभयो ।

पार्टी हार्नुकाे कारण उम्मेदवार छनाेटमा कमजोरी हुनु रहेको उहाँकाे भनाइ छ । कतिपय ठाउँमा पार्टीलाई जिताउन नलागी वि’रोधीहरूलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँले बताउनुभयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘यस पटकको चुनावमा एमालेको विरुद्धमा गठबन्धन बनाइयो, त्यसले राज्यसत्तालाई एमालेका विरुद्ध दुरुपयोग गरियो । यो परिस्थितिमा एमालेले ल्याएकाे परिणाम निराशाजनक होइन ।’

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।