२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

सालिकराम खनाल भन्छन् – बालेनले जति मतले चुनाव जित्छन् त्यति रूपैयाँ महावीर पुनको आविष्कार केन्द्रलाई दिन्छु ।

काठमाडौं : अर्घाखाँचीका एक युवकले कामठमाडौँ महानगरपालिकाको मयेर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले जति मतान्तरले चुनाव जित्छन

सोही बाराबार रकम महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दिने घोषणा गरेका छन्। मालारानी– ४ घर भइ हाल कोरियमा रहेका शालिकराम खनालले बालेनको समर्थनमा शुक्रबार सो घोषणा गरेका हुन्।

‘बालेन साहले काठमाडौँको मेयरमा जति मतान्तरले जित्नुहुन्छ, त्यातिनै रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गर्दछु,’ खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन।

काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहँदा साहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई झण्डै आधा मतले पछाडि पारेर ‘लिड’ गरिरहेका छन्। उनको अग्रतासँगै यतिबेला सबैतिर उनको चर्चा चलेको छ।

उनको यस विषयलाई लिएर अहिले युवामाझ छुट्टै खालको तरङ्ग छाएको छ। यो समाचार तयार पार्दासम्म बालेनले २६ हजार ६ सय १ मत प्राप्त गरेका छन्। भने उनको प्रतिद्वन्दी एमालेका केशव स्थापितले जम्मा १४ हजार ३ सय ८३ मत प्राप्त गरेका छन्। जुन १२ हजार २ सय ८८ मतान्तर हो।

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 0 Minutes 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।